Logo

Breaking News 1

डा. श्रवण कुमार थापा वीर अस्पतालको निमित्त निर्देशकमा



काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. श्रवण कुमार थापाले पाएका छन् । डा. थापालाई अर्को निर्णय नभएसम्मका लागि आजदेखि निमित्तको जिम्मेवारी दिइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।

यसअघि उनी सहायक निर्देशकको रूपमा कार्यरत थिए ।

वीरका निर्देशक डा. सन्तोष पौडेललाई नेकपा (एमाले)को क्रियाशील सदस्य रहेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १४ गते पदबाट हटाएको थियो । मंसिर १५ गतेदेखि डा. पौडेललाई मन्त्रालयमा हाजिर हुन समेत पत्राचार गरिएको थियो

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ०४ बजे