Logo

Breaking News 1

सरकारले आज र भोलि भिटामिन ‘ए’ खुवाउँदै


१७ कार्तिक २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि दुईदिन खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि यही कात्तिक २ र ३ गते बालबालिकाहरुलाई ‘भिटामिन ए’ खुवाउने कार्यक्रम रहे पनि दशैं परेको हुँदा आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए’ खुवाइने छ ।

महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : २० बजे