लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालले नि:शुल्क डाइललासिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले यही हप्ताबाट नि:शुल्क डाइलासिस सेवा सुरु गर्ने जनाएको हो । केही महिना अघिबाट डाईलासिस सेवा सुरु भएको अस्पतालमा सेवा नि:शुल्क गर्नका लागि सामाजिक सुरक्षा महाशाखा काठमाडौँले पनि अनुमोदन गरिसकेको लमजुङ अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड डा। रमेश आचार्यले बताए…