Logo

महानगर दिवसका अवसरमा सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं । २८औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगको साझेदारीमा बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण गरिरहेको छ । बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ…