रामेछाप। रामेछाप जिल्लामा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँबाट पनि स्वास्थ्य सेवा दिएका छन् । आयुर्वेद उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण बढेसँगै गाउँमा रहेको आरोग्य केन्द्रहरूले दिने सेवा बढ्दै गएको छ । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार रामेछापको मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ भने मन्थली नगरपालिकाको चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको…