काठमाडौं । नेपालले रुबेला रोगलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उन्मूलन गर्न सफल भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ। डब्लूएचओका अनुसार खोपमार्फत रोकथाम गर्न सकिने रोगहरूमध्ये रुबेला नियन्त्रणमा नेपालले हासिल गरेको उपलब्धि महत्वपूर्ण मानिन्छ। रुबेला वा जर्मन दादुरा अत्यधिक संक्रामक भाइरल रोग हो, जसले गर्भवती महिलामा गर्भपतन, मृत जन्म वा गम्भीर जन्म दोषको…