Logo

दोर्दीमा सत्तागठबन्धनको प्रतिवद्धताः २० युनितसम्मको विद्युत र शिक्षा निःशुल्क

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । गठबन्धनको दोर्दी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ को लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो । शिक्षा क्षेत्रमा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनोट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री…