Logo

Breaking News 1

आउने निर्वाचन जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईँ हो: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन राम्रो र नराम्रोबीचको लडाईँ भएको बताएका छन् ।

शनिबार धनुषामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचन सामान्य निर्वाचन मात्रै नभई जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईँ भएको बताएका हुन् ।

‘आउने निर्वाचन खाली एउटा सामान्य निर्वाचन होइन, जनताले जित्ने कि जनताको बैरीले जित्ने भन्ने लडाईं हो’ उनले भने ।

प्रचण्डले नेकपा एमालेले जनतामा भ्रम छर्ने काम गरिरहेको बताए । धनुषामा ओलीले हिन्दू मस्लिमबीचको सामाजिक सद्दाव खल्बल्याउने प्रयास गरिरहेको आरोप लगाउँदै सचेत हुनुपर्ने अवस्था रहेको बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ०७ बजे