Logo

Breaking News 1

गठबन्धन नयाँ उचाईमा छ, देशभर हाम्रा उम्मेदवारले चुनाव जित्छन्ः प्रचण्ड


२३ बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बर्तमान गठबन्धन झन नयाँ उचाईमा पुगेको बताएका छन् ।
यो गठबन्धनका देशभरका उम्मेदवारले चुनाव जित्नेछन्, शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘यो गठबन्धनले देश हाँक्छ ।’

अध्यक्ष प्रचण्डले केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरेको समेत बताए । महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति आपत्ति जनाएका छन् ।
‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ’, प्रचण्डले भने, ‘महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ ।’ उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । उनले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको बताए ।

‘दुई मेयरका प्रत्यासीबारे एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होइनन्,’ उनले भने, ‘कसैलाई छोरीका रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेहरुको कोसिस छन् ।’
सत्ता गठबन्धनले काठमाडौं महानगरपालिकामा कांग्रेसकी सिर्जना सिंह र भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । सिंह, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् भने दाहाल, प्रचण्डकी छोरी पनि हुन् ।

महिला उम्मेदवारहरुलाई छोरी र श्रीमतीका रुपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको प्रचण्डले बताएका छन् । ‘घटनाक्रमले के सावित गरेको छ भने जहाँ–जहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ,’ उनले भने, ‘पुरुषहरुले धेरै राज गर्यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एक चोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं ।’ अध्यक्ष प्रचण्डले देशभरका गठबन्धनका उम्मेदवारलाई जिताउन सभामा अपील गरे ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : २७ बजे