Logo

दुई वर्षपछि भुपाल बराल राजस्व सचिव बने

काठमाडौं । दुई वर्षपछि भुपाल बराल पुनः अर्थ मन्त्रालय फर्किएका छन् । सोमबार (कात्तिक २४) बसेको मन्त्रिपरिषद् बैठकले वाग्मती प्रदेशका प्रमुख सचिव बराललाई सरुवा गरी अर्थ मन्त्रालयको राजस्व सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।बरालले शुक्रबारबाट नयाँ जिम्मेवारी सम्हाल्नेछन् । उनी यसअघि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुखका रूपमा कार्यरत थिए…