काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोवार भैइरहेको छ ।








प्रतिक्रिया