काठमाडौं । धितोपत्र बजार मापन नेप्से परिसूचक शुक्रबार ११.५१ अंकले बढेर २,६६३.५१ बिन्दुमा पुगेको छ। यो वृद्धि ०.४३ प्रतिशत हो। दसैँ बिदाभन्दा अघिल्लो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ। बिहीबार तीन अर्ब २६ करोड रुपैयाँको कारोबार भए पनि आज दुई अर्ब ९३ करोड रुपैयाँमै सीमित रह्यो। आज १७० कम्पनीको सेयर मूल्य बढ्दा…