कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दूध र गोबर मल बिक्री गरेर वार्षिक करिब १६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुबईमा रोजगारीमा रहेका पाण्डेय बुबाको निधनपछि २०७६ सालमा स्वदेश फर्किए र कोभिड–१९ को कारण वैदेशिक रोजगारीमा जान नसकेपछि भैँसीपालन व्यवसाय सुरु गरेका हुन् । पाण्डेयले प्रारम्भमा ३० हजार रुपैयाँमा गाई खरिद…