काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो तीन दिनमा प्रतितोला १२ हजार ४ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले कम हो।
गत शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारसम्म आइपुग्दा १२ हजार ४ सय रुपैयाँले घटेको हो। यो साताको सुरुदेखि नै सुनको मूल्य निरन्तर घटिरहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य तीन दिनमा २ सय रुपैयाँले घटेको हो।








प्रतिक्रिया