काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोसी बाढी प्रभावितको राहत तथा उद्धारका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रवन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिक तथा सरकारलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको हो।
गोल्याण ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो। कम्पनीले सुनसरीको दुहबी र खनारमा उद्योग सञ्चालन गर्दै आएको छ।
भदौ १० गते भोटेकोसी नदी बेसिनमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लामा जनधनको क्षति गरेको थियो।








प्रतिक्रिया