काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आईसीटीसी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।
ग्रुपका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठ र सह–प्रबन्ध निर्देशक जयदिन श्रेष्ठले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आईसीटीसी ग्रुपले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ।








प्रतिक्रिया