Logo

अर्थ

एकैदिन सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार एकैदिन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँ थियो।

पछिल्लो चार दिनमा सुनको मूल्य प्रतितोला २१ हजार २ सय रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता लगातार घट्दै आएको हो।

यसैगरी, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १८५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ।

पछिल्लो तीन दिनमा चाँदीको मूल्य प्रतितोला ३८५ रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  २ : १२ बजे