काठमाडौं । धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले भारी मतान्तरसहित आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो प्राप्त परिणामअनुसार १४ हजार ७३६ मतगणना हुँदा हमालले ६ हजार ५९६ मत ल्याएका छन्। हमाललाई पच्छ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ३ हजार ३५४ मत मात्र पाएका छन् भने एमालेका रणबहादुर चन्दले २ हजार ६७४ मत ल्याएका छन् ।…