Logo

Breaking News 1

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरू



काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकसहित रिक्त संवैधानिक पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक परिषद्को बैठक बसेको हो । बैठकअघि प्रधानमन्त्री दाहालले शनिबार बेलुका विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ ।

नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन् । त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १० : ०४ बजे