पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले…