रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले फागुन २१ गते हुने निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिबिचको चुनाव’ भएको बताएका छन् । शनिबार नेकपा एमाले रामेछापको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देश निर्माण गर्ने शक्ति एमाले र देशलाई अस्थिरतामा धकेल्ने शक्तिबिच मुख्य प्रतिस्पर्धा भइरहेको धारणा राखे । ‘यो लडाइँ…