बाजुरा । बाजुरामा फोन नेटवर्क संकट चुलिदैँ गएको छ । पछिल्लो समय बाजुराका नौं वटै स्थानीय तहमा नेपाल टेलिकमको फोन नेटवर्कमा गम्भीर समस्या देखिएको हो । उक्त समस्याका कारण यहाँका नागरिकले सञ्चार सेवाबाट समस्या भोग्नु परेको छ । जिल्लाका अधिकांश स्थानमा फोन सेवा प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा यहाँको दैनिक जनजीवन प्रभावित बन्दै गएको हो…