काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबारदेखि जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइको सुरुआतमा जाहेरवालाका तर्फबाट बहस सुरु भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । जाहेरवाला र सरकारी वकिलले आज खाजा समयअघि बहस सक्ने अनुमान गरिएको छ । खाजा समयपछि सन्दीपका वकिलहरूले बहस थाल्नेछन्…