दक्षिणकाली(काठमाडौं)। गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् । वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।…