काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट, २०२४ युएईमा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको विश्वकप त्यहाँ भएको आन्दोलन र नयाँ सरकार गठनपछि जारी प्रतिबन्ध र सुरक्षाका कारण युएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । प्रतियोगिता आगामी असोज १७ देखि कात्तिक १४ गतेसम्म युएईको दुबई र शारजाहमा हुने जनाइएको छ ।…