Logo

बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु

काठमाडौं । बझाङमा पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो ।  पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको प्रहरीले जनाएकाे छ । ६ जनाले भागेर ज्यान जोगाएका थिए ।