काठमाडौं । नेपालमा लामो समयदेखि प्रचलित कवाड व्यवसायसँग संलग्न व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध आवाज उठाएका छन् । कवाड व्यवसायी समाज नेपालले आज गृहमन्त्री रमेश लेखकसमक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीको सुरक्षाका लागि तत्काल हस्तक्षेपको माग गरेको छ । ज्ञापन पत्रमा उल्लेख भएअनुसार, कवाड व्यवसायीहरु सरकारले तोकेको कर तथा कानुनी दायरामा रही व्यवसाय गर्दै आएका छन्…