रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् । बुधवार साथीहरूसँग खोलामा नुहाउन गएका बुढाथोकी डुबेर बेपत्ता भएका थिए । उनका सबै साथीहरू सुरक्षित रूपमा फर्किए पनि उनी खोलाबाट ननिस्किएपछि खोजी थालिएको…