काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै पत्रकार भेटघाट कार्यक्रम गर्दै क्यानले सन् २०२६ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डर अनुसार पुरुष, महिला तथा युवा तहमा वर्षभरि विभिन्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना हुनेछन्…