काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन् । शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३–२४ मा भएका हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै…