Logo

Breaking News 1

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु



सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार साँझ करिब ५ बजे स्थानीय ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) आफ्नो मकैवारिमा पुगेका बेला जंगली बँदेलले क्षति पु¥याएको देखेपछि उक्त बँदेललाई पछ्याएका थिए । सोही क्रममा पिडखोल्सीमा बँदेलले एक्कासि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए ।

घाइते थिङलाई तत्काल उपचारका लागि लाल बन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे साँझ ७ः३० बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी चौकी परवानीपुरबाट प्रहरीको टोली खटिएको थियो ।

प्रहरीले घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लाल बन्दीबाट एसओसीओसहित ७ जनाको टोली खटिएको जनाएको छ । उक्त स्थान परवानीपुर प्रहरी चौकीबाट करिब १।५ किलोमिटर उत्तर पूर्वमा पर्छ ।

अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : ३१ बजे