काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । आजको दिन श्रद्धालु भक्तजनहरु व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने परम्परा रहेको…