Logo

Breaking News 1

सङ्घीय मन्त्रालयको संख्या घटाएर १८ पु¥याउने सरकारको निर्णय (सूचीसहित)



काठमाडौं । सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या घटाएर १८ पु¥याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय यथावत राखेको छ ।

यसैगरी, पूर्वाधार विकास मन्त्रालय, भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय, रक्षा मन्त्रालय, विज्ञान र प्रविधि तथा नवप्रवर्तन मन्त्रालय रहेको छ ।

यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय गरी १८ मन्त्रालय रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ८ : ४३ बजे