काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनुपर्ने अभिभारा आफू सामू रहेको बताएका छन् । ‘संसद दिवस २०७९’ को अवसरमा आज शुभकामना सन्देश दिंदै सभामुख सापकोटाले सो कुरा बताएका हुन् । सन्देशमा लेखिएको छ, ‘दुई–दुई पटकको विघटन, कोभिड संकटलगायत विविध समस्याहरुका बीचबाट संसदले…