Logo

Breaking News 1

रामकुमारी झाँक्री : तपाईंले ढलको एउटा ढक्कन लगाउनुभो ?



काठमाडौं । ‘उपहासको उद्देस्य भनेको मानिसलाई उ निच देखाउने होइन, बरु उ पहिल्यै निच थियो भन्ने देखाउने हो ।’ अंग्रेजी साहित्यकार तथा पत्रकार जर्ज अर्वेलले सन १९४० तिर भनेको यो भनाई अहिलेसम्म ताजै सान्दर्भिक देखिन्छ । भारतमा जन्मेर बिश्व साम्राज्यमा ब्रिटिश सरकार हावी भएको बखत यी ब्रिटिश पत्रकारले राजनीति भित्रको एउटा घृणा उजागर गरेका छन् ।
यतिबेला प्रसंग रामकुमारी झाँक्रीसंग जोड्न खोजिएको हो । कारण, मन्त्री पदबाट हट्दा उनको रुवाईले देखाएका विगतदेखि वर्तमानसम्मका दृष्यहरु ।

झाँक्री ज्यू, हो यतिबेला तपाईं मिडिया र सामाजिक संजालमा राजनीतिकर्ताको त्यो लहरमा उभ्याइनु भएको छ, जहाँ गालीहरुका बर्षा भइरहेका छन् । उपहासका शब्दहरु छरपष्ट छन् । तपाईंको रुवाईमा उन्मत्त हाँसोहरु उर्लिरहेका छन् । कुनै एकजनाले पनि तपाईंको आँसुमा आँसु मिसाउने विवेक देखाएन ।

साँच्ची भन्नुपर्दा तपाईंको पार्टीका युवा नेताहरु नै तपाईंप्रति अवाक्क भएका शब्दहरु बाहिर आए । तर, तपाईं विछोडको बिलौना गरिरहनुभयो र धरधरी रोएका तपाईंका अनुहारहरु मिडिया र सामााजिक संजालमा फैलिए । यो भावावेश भित्र कुनै एक पात्रले तपाईंप्रति संवेदना देखाउने प्रयत्न गरेन । अब यसैको सेरोफेरामा चर्चा गरौं ।

तपाईंले एउटा ढक्कन मात्र मिलाईदिएको भए, आज त्यहि ढक्कन सम्झेर तपाईंको आँसुमा आँसु मिसाउन सबै लाइनमा लाग्थे ।

रामकुमारी ज्यू, तपाईं शहरी विकास मन्त्री हुनुभो । मन्त्री हुँदा तपाईं निकै खुशी हुनु भो, मन्त्री पदबाट हटेपछि रुनु भो (मुख्य तस्विर) । तपाईं मन्त्री हुँदा केहिलाई पक्कै उत्साहित बनाएको थियो । कारण हो, ‘यति चर्को बोल्ने नेतृ, आँफै मन्त्री भएपछि त केहि काम गर्छिन् होला’ भन्ने केहिलाई लागेकै हो । तर, तपाईं त मन्त्री पदबाट रोएर विदा हुनुभो । ती तपाईंप्रति आस गर्ने केहिहरुले तपाईंको आँसुमा आँसु मिसाएनन् । बरु, तपाईंलाई उपहास गरिरहे । मिडिया र सामाजिक संजालका रियाक्ट, कमेण्टमा एकजनाले पनि तपाईंप्रति सहानुभुति देखाएन ।

तर, तपाईं त अझै मैले राम्रो काम गरें भन्दै हुनुहुन्छ ? अब भने, तपाईंलाई बिश्वास गर्ने बातावरण बनाउन तपाईंलाई यो जुग लाग्नेछ । विख्यात पत्रकार जर्ज अर्वेलले भने झैं ‘ उसलाई उपहास किन गरेको भने उ पहिल्यै निच थियो ।’

मन्त्री पदबाट बाहिरिएपछि तपाईंले पत्रकार सम्मेलन गर्नु नै पहिलो आँफु भित्रको अभिमान प्रदर्शन थियो । मानौं, सरकार परिवर्तन हुँदैछ, प्रधानमन्त्रीले प्रेसमिट गरे झैं तपाईंले आँफुलाई कथित सुपेरियर देखाउनुभयो । यही पहिलो उत्ताउलोपन थियो ।

०७८ साल पुस ९ गते तपाईंले गज्जबको कुरा बोल्नु भएको थियो । ‘ढलको ढक्कन मिलाउने दिन कहिले आउला ? भनेर इन्जिनियरहरुलाई प्रश्न गर्नुभएको थियो ।’ तपाईंको यो अभिव्यक्ति सुन्दा सर्वसाधारणलाई वाह क्या सही कुरा बोलिन भन्ने लाग्यो । साँच्ची नै साइकल, स्कुटी, मोटरसाइकल चलाउनेलाई थाहा छ, काठमाडौंका सडकमा ढल छोप्न राखिएका ढक्कनको अबरोध । त्यो पीडा स्वंय तपाईं मन्त्री हुनुभन्दा अघि व्यहोर्नु भएकै होला ।

तपाईंले नै भन्नुभएको थियो, ढलको ढक्कनमा ठोक्किएर म कति पटक लडें । सायद त्यहि अनुभवबाट तपाईंले यो कुरा व्यक्त गर्नुभयो भन्ने बुझ्न सकिन्छ । तर, तपाईंले त प्रश्न मात्र उठाउनुभयो, पुसपछि असारसम्म कति महिना गए, खै तपाईंले एउटा ढलको ढक्कन मिलाएर देखाउनुभयो ? तपाईंले एउटा ढक्कन मात्र मिलाईदिएको भए, आज त्यहि ढक्कन सम्झेर तपाईंको आँसुमा आँसु मिसाउन सबै लाइनमा लाग्थे । तर, तपाईंले त इन्जिनियरहरुको विज्ञप्ति आएपछि गल्ती बोलें भनेर माफी नै माग्नुभयो ।

कुनै जमाना थियो, राम्रो गरेको देखाउन सडकमै प्रदर्शन गर्नुपर्थ्यो वा पत्रिकाले छाप्नुपर्थ्यो । तर, अहिले त्यो अबस्था छैन । क्षणभरमै देशभर मात्र होइन, संसारैभर फैलिन्छ । सामाजिक संजालको यो दुनियाँमा तपाईंले गरेका राम्रा कामहरुको हिसाब तपाईंले राख्नै पर्देन, दुनियाँले आफ्ना सजालमा सजाएर राख्छन् ।

मन्त्री पदबाट बाहिरिएपछि तपाईंले पत्रकार सम्मेलन गर्नु नै पहिलो आँफु भित्रको अभिमान प्रदर्शन थियो । मानौं, सरकार परिवर्तन हुँदैछ, प्रधानमन्त्रीले प्रेसमिट गरे झैं तपाईंले आँफुलाई कथित सुपेरियर देखाउनुभयो । यही पहिलो उत्ताउलोपन थियो ।
ल ठिकै छ एकछिनलाई, अभिमान देखाउनै भएपनि पत्रकार सम्मेलन गर्नुभयो, तर, तपाईंले आफ्नो मन्त्री भएको अबधिका उपलब्धि पो सार्वजनिक गर्न सक्नुपर्थ्यो । तपाईंले त कुनै उपलब्धिको विवरण सार्वजनिक गर्नु भएन । किन गर्नुभएन ? यो दुनियाँलाई थाहा छ । किनकी, केहि कामै गर्नु भएको थिएन त, के सार्वजनिक गर्ने ?

पत्रकार सम्मेलनमा तपाईंले यो–यो काम मेरो पालामा भयो भन्ने तपाईंको अभिव्यक्तिलाई न नागरिकहरुले न मिडियाहरुले पत्याए । फलस्वरुप तपाईं रोएको समाचारको हेडलाइन बाहेक केहि बनेन । के अझै पनि तपाईंको यो नियतमा कुनै परिवर्तन आवस्यक छैन र ?

तपाईंले चाहेको भए केहि काम पक्कै गर्न सक्नुहुन्थ्यो । ठुला शहरहरु पुर्ण हर्न निषेध, पुर्ण सरसफाई, व्यवस्थापन, रंगरोगन, शान्त आदि जस्ता काम गर्न तपाईंलाई कस्ले छेकेको थियो ? शहरका सौन्दर्यकरण गर्ने कुनै एउटा ठोस कार्यक्रम सार्वजनिक गर्न सक्नु भएन ।

हो, विगतलाई हेर्ने हो भने तपाईंको जिवनशैली आक्रमक नै छ । उत्तेजनात्मक र आक्रमक शैलीले तपाईंलाई चर्चामा ल्याएकै हो । ०६२/०६३ सालको आन्दोलनमा रगताम्य भएको तपाईंको तस्विर होस वा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति पोखेका आक्रोष हुन्, ती गतिविधिले तपाईंलाई नेपाली समाजमा चिनाएको हो । एमाले फुटाउँदा माधबकुमार नेपाललाई हात समाएर तान्दै निर्वाचन आयोग लगेको अवस्थाहोस वा, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उनका बिरुद्ध मुखमा टेप टाँसेर ‘यहाँ बोल्न पाईन्छ’ भन्ने कडा अभिव्यक्ति दिएका हुन् यस्ता कयौं अस्वभाविक इमोसनल गतिविधिले तपाईंलाई रौद्ररुपी बनाएकै हो । तपाईंका यी उत्तेजनाले धेरैको ध्यान खिचेको पनि हो ।

सायद यी गतिविधिलाई हेरेर तपाईंलाई कोहि–कोहिले हिम्मतवाली पनि भने क्या रे । खै, हिम्मतको परिभाषा यस्ता कामहरुलाई भन्ने हो भने हिम्मतको अर्थ नै बदलिएछ भन्ने सम्झनुपर्ला !

पुरुषप्रधान मुलुकमा तपाईं राजनीतिमा आउनुभयो । तपाईं मन्त्री हुनुभयो । लैंगिक कोणबाट हेर्ने हो भने यो सवालमा तपाईं धन्यबादको पात्र हुनुहुन्छ । एउटा महिला जो मन्त्री पदमा छिन्, उनलाई हौसला दिनु सबै नागरिकको कर्तव्य हो । यो अनिवार्य हुनैपर्छ ।

तपाईंले त यी सबै सवालहरुमा आफ्नो पार्टीको मात्र होइन, प्रधानमन्त्री, गठबन्धन दलहरु, नागरिक समाज लगायत सर्वसाधारण सबैको पुरापुर सहयोग पाउनु भएको थियो । प्रधानमन्त्री देउवाले त तपाईंलाई प्रोत्साहन मात्र गर्नू भएन, निर्णय गर्ने सम्पुर्ण अधिकार दिएर हौसला दिइरहनुभयो । देउवाले तपाईंको काममा कुनैदिन हस्तक्षेप गर्नुभएन । तर, तपाईंले मन्त्री पदमा भएर कुनै एउटा सिन्को भाँच्नुभयो ? कुनै एउटा ढलको ढक्कन लगाउनुभयो ?

रामकुमारी ज्यू, तपाईंले गर्न सक्ने धेरै काम थिए । आज, हाम्रो मुलुक पुरै शहरीकरणमा केन्द्रीत भएको छ । दुर्गम गाउँहरु रित्तिंदै शहरहरुमा जनसंख्या ओइरिएको छ । तर, आज उपत्यका मात्र होइन, देशभरका अधिकांश ठुला शहरहरु शहर होइनन्, भद्रगोल बजारमा परिणत भएका छन् ।

विकास र प्रगति भनेको जनताको अनुभुतिले मात्र निर्धारण गर्छ । कागजी निर्णयले होइन । कागजी निर्णयले हुने भए यहाँ ७२ बर्षदेखि लाखौं फाइलहरु तयार भइसकेका छन् ।

तपाईंले चाहेको भए केहि काम पक्कै गर्न सक्नुहुन्थ्यो । ठुला शहरहरु पुर्ण हर्न निषेध, पुर्ण सरसफाई, व्यवस्थापन, रंगरोगन, शान्त आदि जस्ता काम गर्न तपाईंलाई कस्ले छेकेको थियो ? शहरका सौन्दर्यकरण गर्ने कुनै एउटा ठोस कार्यक्रम सार्वजनिक गर्न सक्नु भएन । यी र यस्ता दर्जनौं निर्णय गर्न कुनै बजेट चाहिंदैनथ्यो । मात्र सम्बन्धित सरकारी अड्डाहरुसंग समन्वयको जरुरत थियो । एउटा मात्र हर्न निषेधको कार्यक्रम लागु गर्न सकेको भए आज शान्त शहरहरु देखेर तपाईंलाई जनताले सम्झिन्थे । तपाईंप्रति सहानुभुति जाग्थ्यो । के तपाईंले यस्ता आँफैले गर्न सक्ने, ठुला बजेट नचाहिने, मन्त्रिपरिषदको निर्णय पर्खनु नपर्ने कुनै काम गरेर देखाउनुभयो ? अनि भन्नुस, त तपाईंले गर्नुभयो के ?

होला तपाईंले आफ्नो मन्त्रालयमा धेरै विवरणहरु निर्णय गर्नु भएको होला । धेरै नयाँ आयोजनाहरु तयार गर्नु भएको होला । केहि न केहि कामका विवरणका फाइल पनि तयार भएकै होलान् । तर, विकास र प्रगति भनेको जनताको अनुभुतिले मात्र निर्धारण गर्छ । कागजी निर्णयले होइन । कागजी निर्णयले हुने भए यहाँ ७२ बर्षदेखि लाखौं फाइलहरु तयार भइसकेका छन् ।

अर्को फरक सवाल कोट्याउँ । रामकुमारी झाँक्री ज्यू, यो सरकार पुर्णतया चुनावी सरकार हो । सर्वोच्च अदालतको आदेशले गठन भएको र अदालतको आदेश अनुसार चुनाव गर्न भनेर गठन भएको यो सरकार हो भन्ने हेक्का पक्कै तपाईंलाई होला । चुनावी सरकार भएकोले दिर्घकालीन कामहरु यो सरकारले गर्ने छैन भन्ने धेरैलाई थाहा छ । जनताले धेरै आसा पनि राखेका थिएनन् । अनि, चुनावी सरकार हो भनेपछि केहि काम गर्न पाइन, केहि काम गर्न दिएनन्, मन्त्री पद खोसिदिए भनेर किन आँसु खसाल्नुभो ? तपाईं त तपाईंकै पार्टीको निर्णय र सहमतिले ६ महिनालाई मन्त्री हुनुभएको हो भने आफ्नो पार्टीको निर्णय मान्न किन दुख मनाउ ?

हो, जति अबधि काम गर्छु, राम्रो काम गर्छु भन्ने सबैलाई लाग्छ । तपाईंले यो सोच्न किन विर्सनुभयो, मन्त्री पद सम्झौतामा शुरु हुन्छ र सम्झौताकै आधारमा सकिन्छ । यो कुनै सरकारी कर्मचारीको पद त होइन होला ? रुनै पर्ने कारण केहि छ ? फेरि पटक–पटक यो रुवाईकै बारेमा लेखेको देखेर तपाईंलाई रिस पनि उठ्ला । मन्त्री पदबाट हटेपछि तपाईंले एउटा अन्तर्वार्तामा भन्नुभएको छ, ‘म सम्हालिन सकिन, उत्तेजनामा म रुन पुगें ।’ यदि यो साँचो हो भने, यस्तो उत्तेजनात्मक काम गरेर अहिलेसम्म जनतालाई कति झुक्याउनुभयो ?

अतः झाँक्री ज्यू, तपाईंको यो उत्तेजनाले धेरैको ध्यान खिच्न सक्नुहोला । तर, तपाईंले मन्त्री हुँदा गरेको ऋणात्मक परिणाम जनताले कहिल्यै बिर्सने छैनन् । मन्त्री हुनुअघिकै जस्तो फेरि प्रशंसा भरिएका प्रतिक्रिया पाउन तपाईंले यो जुनीभर सक्नुहुन्न । किनकी, जनताको नजरमा एकपटक बिश्वास गुमेपछि फर्कन धेरै समय लाग्छ । त्यो समयको अबधि दुईसय बर्ष भन्दाबढि पनि हुनेछ ।

तपाईंले यो सोच्न किन विर्सनुभयो, मन्त्री पद सम्झौतामा शुरु हुन्छ र सम्झौताकै आधारमा सकिन्छ । यो कुनै सरकारी कर्मचारीको पद त होइन होला ? रुनै पर्ने कारण केहि छ ?

तपाईंले गल्ती त्यहिं गर्नुभो, तपाईंले अधिकार पाउँदा किन कुनै एउटा ढलको ढक्कन लगाएर उदाहरणीय बन्न सक्नु भएन ? तपाईंले अधिकार पाउँदा किन हाम्रा शहरहरुलाई ध्वनी प्रदुशणमुक्त बनाउन ‘पुर्ण हर्न निषेध’ कार्यक्रम लागु गर्नु भएन ? त्यसैले, तपाईं सबै बिषयमा चुक्नुभयो र पत्रकार सम्मेलनमा तपाईंले आफुँले गरेका कामको विवरण सार्वजनिक नगरि रोइदिनुभयो । तपाईंको रुवाईमा स्वंय तपाईंको पार्टीले एक शब्द सहानुभुतिको शब्द समेत खर्च गरेन । सारा जनताको नजरमा हाँसोको पात्र ठहरिनुभो ।

रामकुमारी झाँक्री ज्यू, अब त तपाईं फेरि स्कुटरमा यी सडकहरुमा कुद्नुहोला । अनि, ती ढलका ढक्कनहरुले तपाईंलाई नै प्रश्न गर्नेछन्,हाम्रो ठक्करले बढि दुख्यो कि मन्त्रीबाट हट्दा ?’

(तस्विरहरुः समाचार एजेन्सी र झाँक्रीकै फेसवुकबाट)

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ०५ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।