काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीलाई भेट्न लिउ मंगलबार बिहान ओली निवास बालकोट पुगेका थिए । लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरिसकेका छन्…