Logo

Breaking News 1

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत’: महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद् सम्बन्धी विधेयक गलत भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले ओली सरकारको पालामा गलत रहेको यो विधेयक शेरबहादुर देउवाको सरकारको पालामा पनि गलत नै रहेको दाबी गरेका छन् ।

शर्माले यो विधेयक अविलम्ब फिर्ता लिनुपर्ने शर्माको माग छ । यस्तै शर्माले यो विधेयकमा प्रधानमन्त्रीलाई सल्लाह दिनेप्रति पनि आक्रोश व्यक्त गरेका छन् ।

शर्माले लेखेका छन्, ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत । यसमा शतप्रतिशत प्रस्ट छौँ हामी । संवैधानिक परिषद्सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै । तर, यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दु:खद छ ।’

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ४१ बजे