Logo

Breaking News 1

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

सोमबारबाट सुरु भएको बैठक आज पनि पार्टी कार्यालय सानेपामा जारी रहनेछ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी, बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचन सम्बन्धी प्रदेशगत ब्रिफिङ गरेका छन् । सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल र दिनेश कोइरालाले धारणा राखेका थिए ।

यस्तै, डा. शेखर कोइरालाले १२ बुँदे सुझाव दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि केपी ओली बाटोमा हिँडेको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ९ : ३३ बजे