Logo

Breaking News 1

‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्, अहिले थर्कमान नहुनु’: माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारेका छन् ।

धनगढी पुगेका अध्यक्ष नेपालले पार्टीभित्रका कतिपय नेता कार्यकताहरु पार्टी एकता भइहाल्ने हो कि भन्ने त्रासमा रहेको भन्दै नेपालले चुनावअघि कुनै दलसँग पनि एकता नहुने बताएका हुन् ।

‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन्। अहिले थर्कमान नहुनु। मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ,अध्यक्ष नेपालले भने ।’

अध्यक्ष नेपालले केपी ओलीको सरकार रहिरहेको भए अमेरिकी प्रोग्राम एसपीपी पारित भइसक्ने पनि दाबी गरे । गठबन्धनको सरकारले एसपीपी पारित हुनबाट रोकेको उनको भनाई थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ३३ बजे