काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनसँग डराएको टिप्पणी गरेका छन् । नेविसंघको स्थापना दिवसको अवसरका काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले ओलीले गठबन्धन देखेर सन्तुलनसमेत गुमाउन थालेको बताए । “गठबन्धन देखेर ओली थुरुरु भएका छन् । उनले सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ ” पौडेलले भने ।…