Logo

Breaking News 1

‘गठबन्धनबाट थुरुरु भएर ओलीले सन्तुलनसमेत गुमाउन थाले’: रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनसँग डराएको टिप्पणी गरेका छन् ।

नेविसंघको स्थापना दिवसको अवसरका काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले ओलीले गठबन्धन देखेर सन्तुलनसमेत गुमाउन थालेको बताए ।

“गठबन्धन देखेर ओली थुरुरु भएका छन् । उनले सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ ” पौडेलले भने ।

अहिलेको गठबन्धन अधिनायकवादविरुद्वको भएको पौडेलको भनाई रहेको छ । पौडेलले गठबन्धनलाई बचाउने गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ३७ बजे