सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ । देशभरका सबै सरकारी कार्यालयहरूका लागि आवश्यक पर्ने सफ्टवेयरहरू सरकारी संयन्त्रभित्रै विकास गर्ने लक्ष्यसहित यो केन्द्र आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ। सरकारको यो कदमले वार्षिक रूपमा बाहिरिने २० अर्ब रुपैयाँभन्दा बढीको सफ्टवेयर खरिद…