चलचित्र विधेयक–२०८१ ले हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानलाई पुनःपुष्टि गरिदिएको छ । २०२६ सालको ऐन, ०५७ सालको नियमावली तथा ०७२ सालको निर्देशिकाको बैशाखी टेकेर नेपालको छायांकनको क्षेत्र यहाँसम्म जसोतसो लरखराउँदै हिडिरहेकै थियो । ढिलासुस्तीको पराकाष्ठा, कहिँकतै नभएको विधि–प्रक्रिया, चाहिने –नचाहिने कागजी झन्झट, कार्यविधिमा स्पष्ट प्रावधान नतोकिदिँदा छायांकनमा खटाइएका सम्पर्क अधिकृतको मोलमोलाईको नौटङ्की ।…