काठमाडौं । स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको छ…