Logo

Breaking News 1

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने


२८ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् । राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरू हातबाट टीका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।

भाइटिकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ३ : १२ बजे