Logo

Breaking News 1

नेपालविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दै तान्जिनिया


२९ कार्तिक २०८०, बुधबार  

69
Shares

काठमाडौँ। हङ्कङमा जारी चार राष्ट्र सम्मिलित टी—२० क्रिकेट शृंखलामा बुधबार तान्जिनियाले नेपालविरुद्ध टस जिती पहिले ब्याटिङ गर्दैछ । उक्त शृंखलाको यो पहिलो खेल हो ।  

शृंखलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रुपमा जापान सहभागी छ । तान्जिनियाले एक ओभरमा कुनै पनि विकेट नगुमाई तीन रन बनाएको छ । 

नेपालले नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले यही शृंखलाका लागि राष्ट्रिय टोलीको कप्तानमा इन्दूलाई नियुक्त गरेको हो । क्यानले इन्दूको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो । 

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ७ : ४६ बजे