Logo

इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । अपराह्न साढे ४ बजे हुने प्रेस ब्रिफिङमा हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउने मन्त्रालयले जनाएको छ ।