Logo

Breaking News 1

एनसेलको शेयर खरिद विक्रिबारे सरकारले अध्ययन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा सरकारले अध्ययन गर्ने बताएका छन् । सिंहदबारमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले अध्ययनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको नेतृत्वमा अध्ययन समिति बनाइने बताएका हुन् ।

आफु नेपालमा नभएका बेला क्रेता र विक्रेताले १ सय ३० अर्बको सेयरलाई ६ अर्बमा बेच्ने कुरा भएको थाहा पाएको भन्दै प्रधानमन्त्री दाहालले दुईवटा क्रेता–विक्रेताले जे मनलाग्यो त्यो गर्न नपाउने बताए ।

त्यसअघि एनसेलको शेयर खरीद–विक्रीबारे सोमबार नै प्रधानमन्त्री दाहालले मुख्यसचिव बैकुण्ठ अर्यालसँग छलफल समेत गरेको जानकारी दिएका थिए । एनसेलको शेयर खरिद–विक्रीलाई रोक लगाउने, नलगाउनेबारे भने अध्ययनपछि मात्रै टुंगो लाग्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : २७ बजे