Logo

जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुग्याे

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । जिल्लाको भेरी नगरपालिकामा १५ जना र कुशे गाउँपालिकामा आठजनाको मृत्यु भएको पुष्टि भएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो गाउँपालिकामा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । उनले भूकम्पका कारण सडकहरू अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको पनि बताए…