Logo

Breaking News 1

पश्चिमी वायुको आंशिक प्रभाव, मौसम सामान्यतया सफा रहने



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाउको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : २४ बजे